न्यायाधीश गिरीकी श्रीमतीद्वारा सर्वोच्च हाताभित्र आत्मदाह प्रयास



काठमाडौं । न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरीले सर्वोच्च अदालतको हाताभित्रै आत्मदाहको प्रयास गरेकी छिन् । उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

शरीरमा पेट्रोल खन्याउन लाग्दा प्रहरीले उनलाई रोकेको थियो । हाल उनी प्रहरीको नियन्त्रणमा छिन् ।

पत्नी आरतीले न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन् । उनले गिरीलाई थुनामा राख्न माग गर्दै आएकी छिन् ।

आफूमाथि बैबाहिक बलात्कार गरेको, घरेलु हिंसा गरेको र अदालतको अवहेलना गरेको लगायतको आरोप आरतीले लगाउँदै आएकी छन् । आरतीले न्यायाधीश गिरीविरुद्ध महिला आयोगमा समेत उजुरी दिएको तर न्याय नपाएको गुनासो गर्दै आएकी थिइन् ।

न्यायाधीश भुवन गिरीमाथि घरेलु हिंसाको आरोप लागेपछि ०७९ फागुनदेखि उनी जिम्मेवारीविहीन छन् । गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्