काठमाडौं । संघीय संसदमा महासचिव नियुक्त गर्ने विषयमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘स्मरण पत्र’ पठाएका छन् ।
लामो समयसम्म पनि राष्ट्रपति कार्यालयले महासचिव नियुक्ति प्रक्रिया अघि नबढाएपछि सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले ‘स्मरण पत्र’ पठाएका हुन् ।
गत मसिंर २४ मा भरतराज गौतमले महासचिव पदबाट राजीनामा दिएपछि रिक्त पदमा अझै नियुक्ति गरिएको छैन ।