काठमाडौं । लालीगुराँस नेसनल एकेडेमीका दीपेन्द्र गिरी र हिमरश्मिकी सुनिशा मिश्रले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको हाइजम्पमा आइतबार स्वर्ण जितेका छन् । दीपेन्द्र ब्वाइज तथा सुनिशा गल्र्समा पहिलो भएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धामा दीपेन्द्रले १।४५ मिटर जम्प गरे । हिमरश्मिका आदर्श थिङ र फेरिल्यान्डका मदन गडाइली संयुक्त रुपमा दोश्रो भए । सुनिशाले १।२१ मिटर जम्प गरिन् । कौशलकी सेमिनु तमाङ दोश्रो तथा फेरिल्यान्डकी कृतिका कटुवाल तेश्रो बने ।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स)द्वारा आयोजित प्रतियोगिताको ब्वाइज १ सय मिटर दौडमा लालीगुराँसका सुदिप पाण्डे पहिलो भए । उनले १२.७२ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । एन्जल्स हार्टका हिमसागर पुन मगर दोश्रो तथा हिमरश्मिका नवीन महत तेश्रो स्थानमा रहे । उक्त स्पर्धाको गल्र्समा हिमरश्मिकी युनिशा पाठकले निर्धारित दूरी १५.५१ सेकेन्डमा पूरा गरी स्वर्ण जितिन् । कौशलकी सेमिनु तामाङले रजत तथा श्रृजना ज्ञान सागरकी ग्रिष्मा देवकोटाले कांस्य जिते ।
ब्वाइज ८ सय मिटर दौड २ मिनेट २४.३ सेकेन्डमा सकाएका लालीगुराँसका सुवास रावत शीर्ष स्थानमा रहे । विभूतिका अंकित श्रेष्ठ तथा न्यु एराका पेम्बा तामाङ क्रमशः दोश्रो र तेश्रो भए । सो स्पर्धाको गल्र्समा लालीगुराँसकै रोशिका गोथेले स्वर्ण चुमिन् । रोशिकाले निर्धारित दूरी तय गर्न ३ मिनेट ०२.९ सेकेन्ड समय खर्चिन् । श्रृजना ज्ञान सागरकी अनुषा अम्गाईंले रजत तथा कौशलकी सुजश्री विष्टले कांस्य हात पारे ।
लङजम्पको ब्वाइजमा श्रृजना ज्ञान सागरका रविन तामाङ पहिलो भए । उनले ५।६० मिटर हाम्फाले । एन्जल्स हार्टका हिमसागर पुन दोश्रो तथा कौशलका सलिन बानियाँ तेश्रो भए । सोही स्पर्धाको गल्र्समा हिमरश्मिकी ममता बराले पहिलो भइन् । ममताले ३।९३ मिटर जम्प गरिन् । ज्ञान मन्दिरकी रन्जिता अम्गाईं दोश्रो तथा फेरिल्यान्डकी अपेक्षा ढुंगाना तेश्रो बने । ब्वाइज सटपुटमा न्युटनका विशाल बरालले स्वर्ण जिते । उनले १०.४२ मिटर टाढा फाले । हिमरश्मिका ओमन घले दोश्रो तथा पुष्पकुञ्जका कस्मिर ओली तेश्रो स्थानमा रहे ।
रिलेको ४ गुणा ४ सय मिटरतर्फ ब्वाइज÷गल्र्स दुवैमा लालीगुराँसको टोलीले शीर्ष स्थान कब्जा ग¥यो । ब्वाइजमा कौशल दोश्रो तथा हिमरश्मि तेश्रो भए । गल्र्समा हिमरश्मि दोश्रो तथा कौशल तेश्रो बने ।
फुटबल : अर्जुनको ह्याट्रिकमा सेबको विजयी सुरुआत
सेबले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज फुटबलमा आइतबार विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेबले अमृतलाई ४–० गोलले पराजित ग¥यो । सेबका अर्जुन राना मगरले ह्याट्रिक गरे भने विकास गुरुङले १ गोल थपे । जितसंगै सेब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अन्य खेलमा जित हात पार्दै पुष्पकुञ्ज, प्रगति र कौशल पनि क्वाटरफाइनलमा पुगे । पुष्पकुञ्जले न्युटनलाई १–० गोलले हरायो । पुष्पकुञ्जका रविन जिसीले निर्णायक गोल गरे ।
प्रगतिले श्रृजना ज्ञान सागरलाई २–० गोलले पाखा लगायो । प्रगतिका लागि दुवै गोल विशान्त पुटुवारले गरे । कौशलले विभूतिमाथि ४–० को सहज जित दर्ता ग¥यो । कौशलका अतित श्रेष्ठले २ तथा जितराम भुलले १ गोल गरे । एक गोल आत्माघाती थियो ।
प्रतियोगिताअन्तर्गत सोमबार ६ खेल हुने ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले जनाएका छन् । गल्र्स फुटबल भने सम्पन्न भइसकेको छ । गल्र्स फुटबलको उपाधि हिमरश्मिले जित्यो ।
प्रतियोगिताको शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका प्रमुख विचारीप्रसाद अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता बिहीबारदेखि सुरु भएपनि औपचारिक उद्घाटन भने आइतबार मात्र गरिएको हो ।