राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुँदै



काठमाडौँ । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुँदैछ ।

निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गरी राति १२ बजेबाट मतदान नसकिएसम्मको लागि कुनै पनि माध्यमबाट चुनावी प्रचारप्रसार गर्न नपाइने जनाइएको छ ।

मौन अवधिमा उमेदवारको पक्षरविपक्षमा कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला, गोष्ठी, प्रचारप्रसार लगायत कार्य गर्न नपाइने आयोगले जनाएको छ ।

आयोगले कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्