काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध सम्हालिएको सुरुवात गरेको छ ।
दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १४ ओभरमा २ विकेट गुमाउँदै ६७ रन बनाएको छ ।
नेपालका विपिन रावल ४० बलमा ३ चौका र १ छक्कासहित २९ रनमा क्रिजमा छन् । उनलाई कप्तान देव खनालले २२ बलमा २ चौकासहित १४ रनमा साथ दिएका छन् ।
तेस्रो विकेटका लागि देव र विपिनले २४ रनको साझेदारी गरेका छन् ।
नेपालका ओपनर अर्जुन कुमाल भने आजको खेलमा चल्न सकेनन् । उनी अहमद हसनको पाँचौं ओभरको दोस्रो बलमा ६ रनमा बोल्ड आउट भए ।
त्यसपछि आएका आकाश त्रिपाठी अहमद हसनको बलमा ६ रनमै क्याच आउट भए ।
अर्जुनले पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रनको एक यादगार इनिङ खेलेका थिए ।