काठमाडौँ । राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ पदका लागि मतदान भइरहेको छ । सातै प्रदेशमा तोकिएका मतदान केन्द्रमा आज बिहान ९ बजेबाट मतदान सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्यक्रम दिउँसो ३ बजेसम्म जारी रहनेछ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा विभिन्न ८ दलका ५१ उम्मेदवार चुनावी मैदानमा छन् । चुनावमा सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा गरी २ हजार ४७ मतदाता रहेका छन् । जसमा प्रदेश सांसद र गाउँरनगरका प्रमुख र उपप्रमुख रहेका छन् ।