टेबलटेनिसका नवनियुक्त मुख्य प्रशिक्षक राजेन्द्र कपालीको पहलमा टेबलटेनिसको राष्ट्रिय टिम तयारी प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ ।‘मिसन साग’ नाम दिइएको तयारी प्रशिक्षणको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच उद्घाटन गरे ।
पुरुष/महिलामा शीर्ष १६–१६ वरीयताका खेलाडीलाई प्रशिक्षणमा समावेश गरिएको मुख्य प्रशिक्षक कपालीले जनाएका छन् । प्रशिक्षण लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । कार्यक्रममा टेबलटेनिसलाई सहयोग गर्ने विभिन्न संस्थालाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।