जुनियर वल्र्ड ¥याङकिङ टेनिस सुरु



नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं जुनियर वल्र्ड ¥याङकिङ टेनिस प्रतियोगिताको सर्किट– १ सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ ।

प्रतियोगिताको टेनिस संघकी अध्यक्ष ज्योति राणाले प्रतियोगिता निर्देशक अजय विष्ट र आईटीएफ सुपरभाइजर प्रवीणकुमार नायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरिन् । प्रतियोगितामा नेपालसहित १३ राष्ट्रका समान ३२–३२ ब्वाइज/गल्र्स गरी ६४ खेलाडीको सहभागिता रहेको टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक विष्टले जनाएका छन् । नेपालबाट ४ ब्वाइज र ५ गल्र्स गरी ९ खेलाडी सहभागी छन् । यु–१६ उमेरसमूहको प्रतियोगितामा सिंगल्स/डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

पहिलो दिन नेपालका ८ खेलाडीले सिंगल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । सबै पराजित भए । ब्वाइज सिंगल्समा भारतका पन्सुल उबोभेजाले नेपालका प्रणव मानन्धरलाई ६–२, ६–७ (३) र ६–४, ताइपेईंका येन छुन वाङले नेपालका राजवीर प्रधानलाई ६–० र ६–३, भारतका रियान शर्माले नेपालका सक्षमविक्रम शाहलाई ६–२ र ६–२ तथा भारतका सम्प्रित शर्माले नेपालका आयुशमान हजाुर घलेलाई ६–१ र ६–१ को सेटमा पराजित गरे ।

गल्र्स सिंगल्समा दक्षिण कोरियाकी सुहा लिले नेपालकी आइशा डोल्कर गुरुङलाई ६–० र ६–१, जापानकी कोकोमी साइतोले नेपालकी सुनिरा थापालाई ६–१ र ६–४, भारतकी भमिका शर्माले नेपालकी स्वस्तिका विष्टलाई ६–४ र ६–२ तथा इभा ख्रुस्तालेभाले नेपालकी प्राज्ना मानन्धरलाई ६–२ र ६–२ को सोझो सेटमा हराए ।

प्रतिक्रिया दिनुहोस्