बालकुमारी घटना : बयानका लागि बोलाइयो मन्त्री ज्वालालाई



काठमाडौं । गत पुस १३ गते ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाबारे बयानका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाइएको छ ।

बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मन्त्री ज्वालालाई बयानका लागि बोलाएको हो ।

ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा झडप हुँदा दुई जनाको मृत्यु भएको थियो । बालकुमारी घटनाको अध्ययन गर्नका लागि पुस १६ गतेको मन्त्रिपरिषद्को निर्णयले जाँचबुझ आयोग गठन गरेको छ ।

जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा २ बमोजिम न्यायाधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा गठन भएको छ । पौडेल उच्च अदालतका पूर्व न्यायाधीश हुन ।

प्रतिक्रिया दिनुहोस्