राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सकारको निर्णय



काठमाडौं । सरकारले राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा निजी क्षेत्रको प्रतिनिधित्व हुने गरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय भएको उनले बताइन् । बैठकले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस्