दैलेखकी भाइरल गायिका अन्जु विश्वकर्मा काठमाडौँमा सम्मानित



काठमाडौँ  । दैलेखकी भाइरल गायिका अन्जु विश्वकर्मा काठमाडौँमा सम्मानित भएकी छिन् । दैलेख समाज काठमाडौँले डोरी बाटेर बोलको हिट गीतकी गायिका विश्वकर्मासहित उनलार्य काठमाडौँ ल्याएका पत्रकार पारस भट्राईलाई सम्मान गरेको हो । अन्जुले छोटो समयमा नै कमाएको चर्चासँगै उनको शालीनताको पनि कार्यक्रममा चर्चा गरिएको थियो । सो अवसरमा अन्जु र कमल बिसी माल्दाई लगायतका कलाकारहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा अन्जुका दाईलाई पनि सम्मान गरिएको थियो ।  

अन्जुका दाईले पनि बहिनीसँग गीत रेकर्ड गराएका छन् । जुन गीतको अहिले सर्वत्र चर्चा चुलीएको छ । भाइरल अन्जुका  दाई ज्यामी काम  गर्दै परिवार पाल्दै आएका छन् । अन्जुका दाईले घरमा भारी बोकेर, इट्टा बोकेर परिवार पाल्दै आएकोमा अहिले भने उनका दाई पनि  पनि गीत गाउनमा व्यस्त छन् । हेर्नुहोस् अन्जु र उनका दाईले एकसाथ गाएको यो गीत । गायिका अन्जुले यसअघि डोरी बाटेर , बामरी बसायो, लगायत यो समाचार तयार पार्दासम्म २ दर्जन गीतमा स्वर भरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्