प्रथम विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा



आज मिति २०८० साल माघ २८ गते आईतबारको दिन तेक्वान्दो एकेडेमी हल सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघले पत्रकार सम्मेलन आयोजना गरी आगामी मिति २०८० साल फागुण १ देखि पाँच दिनसम्म राष्ट्रिय स्तरको “प्रथम विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्दो प्रतियोगिता—२०८० आयोजना गर्न गईरहेको कुरा जानकारी गराएको छ ।

संघका उपाध्यक्ष भान बहादुर चन्दले विद्यार्थी खेलाडीहरूको खेल स्तर वृद्धि गर्न र विद्यालय स्तरबाटै उदीयमान खेलाडीहरूको पहिचान गर्ने र अवसर प्रदान गर्ने उद्धेश्यले नेपाल तेक्वान्दो संघले यस अघि विद्यालयहरूमा तेक्वान्दो प्रशिक्षणरत् विद्यार्थी खेलाडीहरुका लागि अन्तर विद्यालय प्रतियोगिताहरूको आयोजना गर्दै आईरहेको कुरा समेत जानकारी गराए ।

मिति २०८० साल फागुण १ गते मंगलबारका दिन औपचारिक उद्घाटन गरिने उल्लेखित प्रतियोगितामा ५८९ पुरुष खेलाडी र ३४७ महिला गरी जम्मा ९३६ जना खेलाडीहरुको सहभागिता रहने जसमा पुम्से विधा तर्पm ३० वटा र ग्यरोगीतर्पm ३८ गरी जम्मा ६८ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको व्यवस्थित र सफल आयोजनाका लागि नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा प्रतियोगिता आयोजना समितिका अध्यक्ष भानबहादुर चन्दले आफ्नो संयोजकत्वमा २५ सदस्यीय आयोजक समिति गठन गरिएको जसमा ३ वटा उपसमितिहरु रहेको र प्रतियोगिता सञ्चालन गर्न २५ जना निर्णायक ५ जना प्राविधिक र १० जना स्वयम्सेवकहरुको परिचालन गरिने कुरा जानकारी गराए ।

प्रतियोगिता आयोजनामा संघको कुल लागत खर्च करिब १५ लाख अनुमानित गरिएको र यसका लागि राष्ट्रिय खेलकुद परिषद्बाट पनि सहयोगको अपेक्षा गरिएको कुरा चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्