जनयुद्दले जन्माएका अनन्त पुरानै बर्षमानको लयमा फर्कदै !



आनन्द पुन, क.अनन्त बर्षमान पुन नेकपा (माओवादी केन्द)उपमहासचिव हुनुहुन्छ । उहाँ पार्टिका प्रभावशाली सैनिक चिन्तन मध्ये एक हुनुहुन्छ । तत्कालिन समयमा रोल्पामा जन्मनु भएका अनन्त माओवादी भित्र कमाण्ड इन्चार्जमा पुग्ने सबैभन्दा कम उमेरका तथा नेतृत्व तहको माथिल्लो निकायमा पुग्ने थोरै युवा मध्ये एक पर्नु हुन्छ । राजनैतिक अडानमा खरो उत्रिनुहुने उहाँ पार्टीभित्र डाइनामिक युवा नेता मानिनुहुन्छ । क.अनन्तको राजनीतिक जिवनको सुरुवात भएपछि पाएका सफलता र माओवादि जनयुद्ध सुरु भएपछि युद्धमोर्चामा भएका त्याग र वीरताको प्रदशनले नै आज यस किसिमको उचाई हासिल गर्न पुगेका छन ।

क.अनन्त सामान्य गाउँले परिवारमा जन्मेर, त्यहि वातावरणमा हुर्केर पनि अहिले चर्चाको शिखरमा हुनुहुन्छ । अनन्तको उमेरका लाखौँ समकालीन नेपाली भए पनि खासै त्यति धेरै कसैको चर्चा हुन सकेको छैन । तर क.अनन्तले आफूलाई चर्चाको शिखरमा पु¥याउन सफल भएका छन । उनको सफलता कसरि भयो रु कसरी उनले आफूलाई त्यस स्थानमा पु¥याउन सफल भए रु यसका पछाडि नेकपा माओवादिको विशेष महत्व छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चामा पुग्न सफल भएको राजनीतिक दल नेकपा माओवादिको फौजी कमाण्डर मध्ये विशिष्ट कमाण्डर बन्न पुगेका क.अनन्तको राजनीतिक जीवन र फोजी क्षेत्रमा प्राप्त गरेका सफलता , दुःख कष्ट, आरोह अवरोह , ठूला फौजी मोर्चाहरुमा भएका भिडन्त , त्यहाँ भएका सफलता बाट उत्साहित बनेका बेला र असफलताबाट आक्रोशित बनेका बेला के कस्तो अनुभूति हुन्छ रु युद्धमोर्चामा सहकर्मी हरुको बलिदान र घाइते साथि हरुको उपचार गर्दा कस्तो आवेग उत्पन्न हुन्छ यिनै विषयमा पाठक हरुको जिज्ञासा मेटाउने छौ ।

बाल्यकाल
क.अनन्त को जन्म रोल्पा जिल्ला जंकोट माडीचौर गाविस वडा न.१ माडीचौरमा २०२८ साल जेठ १० गते भएको हो । उनको ग्रामीण धनि किसान परिबारमा जन्मेको हुनाले क। अनन्त बाल्यकाल आर्थिक कठिनाईमा बितेन । तैपनि क। अनन्तको जन्म स्थान ग्रामीण पिछडिएको ठाउँ भएको हुनाले राम्रो शिक्षा दिक्षको व्यबस्था थिएन । गाउँमा सामन्ती उन्पीडनको चरम अवस्था थियो । एकातिर शिक्षा, यातायात , रोजगारि र अन्य भौतिक पूर्वाधारको अभावले गर्दा समाज विपन्न थियो भने अर्कातर्फ पञ्चायत कालको एक प्रकारको उत्कर्षको, निरंकुशताको उत्कर्ष थियो । उनी ५ वर्ष को उमेरमा विद्यालय गएँ । मुस्कीलले २ ओटा विद्यालय थिए, उनी एउटा प्रा।वि मा एक कक्षामा भर्ना भएँ । चार कक्षा पास भइसकेपछि छिमेकी कोटगाँउ निमाविमा भर्ना भएँ । बच्चामा ३ घण्टा हिडेर स्कुल जान्थे । सात कक्षा सम्म त्यहि निमाविमा पढेँ । त्यसपछि सदरमुकामको हाइस्कुलमा भर्ना भएँ।

राजनीतिक जीवन
२०३६ सालमा जनआन्दोलन चल्यो । हाम्रो विद्यालय सबैजसो शिक्षक हरु बहुदलवादी हुनुहुन्थ्यो । उहाँहरु काठमाण्डौँमा हड्ताल हुने बित्तिकै स्कुल बन्द गर्नु हुन्थ्यो । के भो भन्दा हड्ताल भो , कहाँ भो भन्दा काठमाण्डौ तिर भन्नुहुन्थ्यो । यसले गर्दा बाल मानसिकतामा थोरै राजनीतिक छाप प¥यो। २०३६ सालतिर देश चुनावतिर गयो । चुनावताका हामी भन्दा सिनियर विद्यार्थिहरु कोही निर्दलवादी कोहि बहुदलबादी हुन्थे । सिनियर मध्ये धेरै जसो बहुदलवादी थिए । स्वभाबिक रुपमा समाज । राजनीतिक कित्ताबन्दिमा थियो । धेरै साथीहरु हामी भन्दा सिनियरहरु बहुदलबादि भएको हुनाले क। अनन्त पनि बहुदलबादि भएँ ।

त्यसपछि अनन्त सदरमुकाम हाइस्कुलमा गएँ । क। अनन्त भन्छन “त्यहाँ मेरो राजनीतिक शिक्षा सुरु भयो । त्यहा हाम्रो कमरेड कृष्ण बहादुर महरा गणित र विज्ञान पढाउनुहुन्थ्यो । उहाँ जिल्लकै एकदम राम्रो शिक्षक हुनुहुन्थ्यो । दोस्रो, उहाँ अत्यन्तै साधारण हुनुहुन्थ्यो । जहिले पनि चप्पल लगाएर आउनुहुन्थ्यो । हामी तीन बर्ष हाइस्कुल पढ्दा उहाँले जहिले पनि एउटै स्वेटर, एउटै सर्ट लगाएर आउनुहुन्थ्यो । यसको एकदम छाप प¥यो । तेश्रो पक्ष भनेको यस प्रकारको सरलता र तिक्ष्णताबाट कम्युनिष्ट हरु प्रभाबित हुन्छन् भन्ने प्रभाव मेरो दिमागमा प¥यो ।

अर्को कुरा, हामी होस्टलमा बस्थ्यौँ होटलका सवै साथिहरु अखिलका समर्थक थिए । म २०४१ सालतिर अखिलमा संगठित भएँ, त्यसपछि लगातार कम्युनिष्ट आन्दोलनमा रहेको छु । मेरो हाइस्कुल २०४४ सालमा सकियो । २०४५ सालमा जनआन्दोलनताका मेरो क्याम्पस सुरु भयो । म महेन्द्र क्याम्पस दाङ्गमा भर्ना भएँ । हाइस्कुल पढ्दा नै हामीले क्लब हरु खोलेका थियौँ । क्लब बाटै हामीले खेलकूद, साँस्कृतिक कार्यक्रम गर्ने गथ्र्यौ । क्लभित्रै हामी राजनीति पनि गथ्र्यौ । २०४६ सालपछि हाम्रो गाविसको सबै जसो युवाहरु कम्युनिष्ट पार्टीमा संगठित भए ।”

क्याम्पस पढ्दा पुनको अनुभव बारे यसो भन्छन “२०४६सालको जनआन्दोलनको समयमा दाङको क्याम्पसमा पोस्टर टाँस्ने, जुलुसहरुमा सहभागी भयौँ । त्यसको केहि समयपछि म काठमाण्डौँ आएँ । यहाँ नेपाल ल क्याम्पसमा भर्ना भएँ । तेस्रो पढ्दापढ्दै मैले पढाई छोडे । २०४८ पछि संसदीय चुनावको समयमा म एक प्रकारको पार्टीको पुर्णकालिन सदस्य भइसकेको थिएँ । २०४६ सालमा क्याम्पस सकिने वित्तिकै पुर्णकालीन सदस्य भएँ । सम्पूर्ण रुपमा पेशेवर कार्यकर्ता भएँ । कम्युनिष्ट पार्टीको एरिया सेक्रेटरी म त्यस बेला सम्म भइसकेको थिएँ । त्यही क्रममा ३–४ पटक जेल परिसकेको थिएँ भने ४–५ वटा मुद्दा पनि लागिसकेको थियो । २०५० सालमा जनमोर्चाको सम्पर्क कार्यलयमा वसेँ, सचिव जस्तो भएर । मैले काणुन पढेको हुनाले सदरमुकाममा बसेर वकालत गर्ने जस्ता काम गरेँ ।

त्यति नै बेला करिब दश हजार साथीहरु जनमोर्चा भएकाले मुद्दा लगाइयो । हामीले दश करोड जति सम्पत्ति धरौटी राख्यौँ । यहि क्रममा म माथि पनि एक दर्जन भन्दा बढि मुद्दा थियो ।२०५० सालमा म भूमिगत भएँ”। माओवादीमा कहिलेदेखि २०५० सालमा ग्रामीण वर्ग संघर्ष सुरु भयो । प्रशासन र स्थानिय फटाहाहरुले दुःख दिएपछि प्रतिरोध सुरु भयो । म त्यो प्रतिरोधमा सुरु देखिनै छु । हामीले २०४९–५० सालमा नै प्रतिरोध सुरु गरेका थियौँ , ५० सालमा हाम्र्रो प्रतिरोध उत्कर्षमा पुगेको थियो । स्थानीय सामन्तीहरुले लगाउने जाली मुद्दाको हामीले प्रतिरोध गथ्यौँ । २०५१ सालमा हाम्रो पार्टीको राष्ट्रिय सम्मेलन भयो, त्यसमा म सहभागी थिएँ । २०५२ सालमा बैठक भयो जसले युद्धको खाका कोरेको थियो । युद्धको खाका कस्तो हुन्छ भन्ने त्यहा पास भएको थियो । म त्यहा प्रतिनिधिकै रुपमा थिएँ ।

सम्झन लायक युद्धहरु
२०५२ सालमा युद्धको थालनी भएको थियो । पश्चिम काठमाण्डौँमा २ वटा सैनिक कारबाही गर्ने निर्णय भएको थियो । होलेरीको कमाण्डमा म कमाण्डर थिएँ, पासाङ जी भाइस कमाण्डर हुनुहुन्थ्यो भने महरा जी राजनीतिक कमिसार हुनुहुन्थ्यो । ३६ जना कमरेडहरुलाइ जिएर होलेरी आक्रमण गरिएको थियो । होलेरि आक्रमण पछि हामीले नयाँ इतिहास सुरु गरेको अनुभव ग¥यौँ । उत्पीडित वर्ग, जाति क्षेत्र र लिङ्गले आफ्नो अधिकारको लागी पुराने सत्ता सँग विद्रोह गर्ने थालनीकर्ता भयौँ भन्ने अनुभूति भयो । हामीले ऐतिहासिक भूमिका निर्वाह गरेको अनुभूति भयो । हामीले त्यसमा निकै गर्व महशुस ग¥यौँ ।

लडाईको मोर्चा २०५३ सालमा हामीले प्यूठानको एक चौकि आक्रमण ग¥यौँ, त्यसपछि रोल्पामा एम्बुस थाप्यौँ, २०५४ सालतिर । २०५५ मा कमरेड प्रचण्डको नेतृत्व मा विशेष कार्यदल बनाउने निर्णय ग¥यौँ । यसको कमिसार भएर दाङ्ग त्यसपछि रोल्पामा आक्रमण गर्‍यौं । २०५६ साल जेठ अन्तिमतिर जाजरकोटमा आक्रमण गर्यौ । त्यहाँबाट हामीले २६–२८ जना प्रहरि कब्जा गर्यौ। हाम्रोतिर भने एक जना पनि क्षति भएन । त्यसपििछ महत गाँउ कब्जा गर्यौ । त्यसपति धर्ती गाँउमा कारबाही ग¥यौँ ।

त्यसपछि आएर पहिलोपल्ट सदरमुकाम आक्रमण डोल्पामा ग¥यौ । त्यहा पनि म कमिसार थिएँ । त्यसपछि दाङको घोराइमा पहिलो पल्ट सेना कब्जामा लियौँ । त्यसपछि २–३ पोस्टमा आाक्रमण ग¥यौँ । त्यसपछि अछाम, अनि मंगलसेनमा आक्रमण ग¥यौ । त्यहाँ बाट हाम्रो फोर्स पूवतिर फर्केर आयो । त्यहा पनि ठुलो भिडन्त भयो, दिनभरी नै भिडन्त भयो । पश्चिममा श्रङ्खला बद्ध कारबाही पछि लगत्तै म पूर्वी कमाण्डमा आएँ । त्यसपछि अलि बढी विकेन्द्रित कारबाहीहरु भयो । आफ्नै कमाण्डमा भोजपुर सदरमुकामको रिपिटर टावर कब्जा गरियो ।

लडाइको अनुभव
सुरु–सुरुमा असाध्यै गाहृो हुन्थ्यो । लडाइँमा जनताको घर जाँदा जनता पनि आतंकित हुन्थे । भित्री रुपमा हामीलाई राम्रो मान्थे तर जनताले दुश्मनको डरले गर्दा खुलेर सहयोग गर्न सकेका थिएनन् । लडाईमा जाँदा प्रायः हामी एक छाक खाने
गथ्यौँ । खासगरी त्यसबेला हामी माथि ठूलो दमन भयो, जतिबेला हाम्रो बास जंगलमा नै हुने गथ्र्यो । तर दुश्मनले लखेटेर हामी जंगल पसेको होइन । केहि साथी हरु अभियानको लागि र कामको सिलसिलामा जंगल बस्नहुन्थ्यो । त्यति खेरका दंगा प्रहरि हरु हामीलाइ लक्षित गरेर बेस क्याम्प हरु बनाउँथे । उनीहर बास्तबमै गुरिल्ला विरोधि युद्धमा संलग्न थिए । उनिहरु पनि लड्का लागि जतिखेर पनि तयार रहन्थे । त्यस्तो कठिन घडिमा पहिला–पहिला हामी धेरै छाक भोकै बसेका थियौँ ।

कारबाहीमा जाँदा प्रायः गाहृो हुन्छ, आफ्नै अगाडि कमरेड हरु ढल्दा आफू बाँचेको अबस्था निकै पीडादायी हुन्छ । एकपल्ट हामी डोल्पा गएका थियौँ । त्यो ठाउँ भौगोलिक अति कठिन छ । हामी ४ हजार ५ सय ५० मिटरको हाइट क्रस गरेर गयौँ, धेरै उचाइका कारण हामीलाई लेक लाग्ने सम्भावना थियो । अर्को तर्फ हामीले ठुलो अभियानका लागि २ सय ५० वटा खच्चड प्रयोग गरेका थियौँ । स्कुल देखि नै दाउरा लिएर गएका थियौँ भने वाग्लुङ्ग देखि खाना लिएर गएका थियौ । बिभिन्न कठिनाइका बाबजुद पनि डोल्पा सफल भयो ।

त्यसपछि अछाकाके आक्रमनको समयमा समस्या प¥यो । तर त्यति बेला हामी चार पाच छाक भोकै रहेका थियौँ किनभने अछाममा हाम्रो संगठनको अवस्था राम्रो थिएन । त्यसपछि कालिकोटको तयारी ग¥यौँ, अछाम हान्यौँ र फर्किदा दैलेख पस्यौँ । त्यस समयमा दुश्मनले मर्णाली नदीलाई लाइन बनाएर घेरा हालेका थिए । ४–५ वटा हेलिकप्टेरले हामीलाई लखेटिरहेको थियो, घाइते साथीहरु त्यतिकै थिए, हामी सँग २–३ हजारको ठुलो फोर्स थियो, फर्किने क्रममा निकै दुःख भयो । घाइते साथीहरु बोकेर ४–५ छाक खाना समेत नखाइ हिडेका थियौँ र जंगलको बास थियो । हाम्रो एउटा फोर्स कालिकोट तिर गयो , अर्को फोर्स डोटीतिर गयो , हाम्रो हेडक्वाटर सहितको मेजर फोर्स दैलेख तिर लाग्यो । त्यस क्रममा दुश्मनले कर्णाली नदी पुरै घेरा हालेको थियो, चार–पाँच ठाउँ पुल घाट हरुमा ड्रप गरेर बसेको थियो । अन्तिममा लडेर जाने भनेर युद्ध तयारी ग¥यौँ । हामी १२ बजेतिर आइपुग्यौ तर उनीहरुले साँझपख पाँच बजेतिर उठाएछन् । त्यसपछि हामी दैलेख आइपुग्यौँ । दैलेख आएपछि बल्ल जितेको अनुभब भयो ।

अर्को पल्ट घोराही आक्रमण ग¥यौँ । घोराही मोर्चा हामीले सजिलै जित्यौँ । तर त्यो बेला पनि केहि समस्या झेल्नु प¥यो । सुर्खेतमा साथीहरुले दुश्मनको हेलिकप्टेर जलाइदियपछि उनीहरु तयारी साथ ठाउँ–ठाउँमा बसे । आधा घण्टामै टुङ्गिने घोराही आक्रमन ३–४ घण्टा सम्म भिडन्त भयो । हामीले आकस्मिक आक्रमण गर्ने विचार गरेका थियौँ तर आकस्मिक आक्रकण भएन । घोराही नै सेनामाथिको हाम्रो पहिलो विजयी थियो । त्यहा मेजरको राम्रो मारुती भ्यान रहेछ । हामी हेडक्वाटर ग्रप त्यही गाडिमा फर्कियौँ । यो अर्को अनुभुति थियो । त्यो बेला हाम्रो युद्ध ५ वर्ष वितिसकेको थियो । हामीले त्यो बेल मिलिटेरी, राजनीतिक र उपकरणको हिसाबले आफुहरु विकसित भएको महशुस ग¥यौँ । त्यस पछि अर्को पल्ट हामी प्युठान आक्रमण गर्न भेला भएका थियौँ । हामीले आक्रमण गर्ने योजना बनाएको दुई दिन अगाडि नै दुश्मनले हामीलाइ घेरा हाले, बमबारी भयो । त्यसपछि हामीले धेरै समस्या झेल्नु प¥यो । व्यबस्था गरेको सबै सकियो । हाम्रो २ हजार २२ सय फोर्स थियो, पूरै पश्चिम फोर्स । त्यहाँ हामीले अर्को मोर्चा खोल्ने सल्लाह ग¥यौँ । त्यसपछि एउटा आक्रमण ग¥यौँ । हाम्रो साथीहरु ३–४ छाक भोको हुनुहुन्थ्यो । १५ सय फोर्स लिएर गाम आक्रमण ग¥यौँ । आक्रमण पछि मात्रै साथीहरुले खान पाउनुभयो । त्यो पनि जौँ को ढिंडो । जितेपछि चामल लिएर आयौँ, त्यही पकाएर खायौँ । भोलि फेरि के खाने भन्ने अन्योल थियो त्यसपछि हामी रोल्पाका गाँउतिर गयौँ । त्यहाँ फेरि जौ ढिंडो पकाएर खायौँ । एक हप्ता पछि खान पाएकाले डिनर को अनुभव भयो । कहिले पनि जौ को ढिंडो नखाएका साथीहरुले पनि मिठो मानेर खानुभयो । अर्को लडाई गत साल भएको थियो , भिषन लडाई थियो । राजमार्गमा एकै साथ २० किलोमिटर आक्रमण ग¥यौँ । मिचैया सफल भयो, बन्दिपुर आधा सफल भयो । हामीलाई राजमार्गमा र मधेसमा निकै ठुलो अभ्यास गर्नु थियो । त्यो अभ्यास हामीले ग¥यौँ , सफल पनि भयो ।

अर्को पल्ट हामी चुरेका थियौ । धेरै साथीहरु घाइते हुनु भएको थियो । दुश्मनले रात भरि पिछा गरेको थियो, बमबारी छल्दै र लडाई गर्दै हामी चुरेको जंगलमा पुगेको थियौँ । हामी त्यहा त पुग्यौँ तर दुश्मनले कमला नदी बाट दशौ ठाउँ घेरा हालेको थियो । हामीले एउटा टुकडि बनायौँ । चारवटा ठाउँ जाने एउटा–एउटा टुकडी सँग भिडन्त गर्दै अगाडि बढ्ने योजना बनायौँ । त्यहाँ बाट हामी महाभारततिर गयौँ । अर्को दिन फेरि महाभारत घेरा हालिसकेको रहेछ । तर हामी चुरे र महाभारतको वीचमा बस्यौँ । त्यहाँ पनि ३,४ ठाउँ भिडन्त भयो । त्यसपछि कोशीको किनारै किनार घेरा हालेको रहेछ । हामी त्यहाँ बाट ओखलढुङ्गा, भोजपुर जान्छौ भनेर त्यहाँ घेरा हालेको रहेछ । हामीले पनि पोजिसन लिने योजना बनायौँ । महाभारत देखि सिन्धुली सम्म ८/१० ठाउँमा मोर्चा बनायौँ । एउटाले घेथ्यौँ, अर्कोले हान्थ्योै । १५ दिन सम्म लगातार भिडन्त भयो । १५ दिन पछि उनीहरुले घेरा छोडे । त्यसताका हामीले कति दिन देखि खाना खाएका थिएनौ । सेनाको झोलाहरु कब्जा ग¥यौं । एउटा मेजरको झोला थियो, त्यसमा हाई क्लासको खाना थियो । अर्को झोला अपरेसन टोलीको थियो । त्यसमा चामल मुसुरीको दाल थियो । उदयपुर र सिन्धुलीका लोकल ब्यारेकका सेना पनि आएका रहेछने । उनीहरुको झोलामा भने कमसल चामल ,मुसुरीको दाल र एक किलो सातु थियो ।यसरी हामीले एउटै फोर्सभित्रको चारवटा वर्ग फिल्डम नै देखियौं । हाम्रो समाजमा जे छ, त्यो सेनामा छ । सेना भित्रको तल्लो क्लास निकै उत्पिडित छ ।

चर्चित होलोरी प्रसंग
२०५२ साल फागुन १ गते हामीले हालेरी आक्रमण ग¥यौं । सुरुवात हामीले हा्लेरीबाटै ग¥यौं । पुलिससंगको लडाई पनि हालेरीमै सकियो । फेरि २०५८ को असारमा फेरि आक्रमण ग¥यौं । त्याहाँबाट करिव ७५ जना पुलिसलाई नियन्त्रण गरेर ल्यायौं । त्यसपछि निकै ठूलो फोर्स लिएर हामी भालुवाङ हान्न गएका थियौं, त्यहाँ दुश्मनको बेस क्याम्प थियो । त्यहाँ एक्सपोज भयपछि फर्किएर गयर होलेरी हान्यौं । त्यहाँ सेना आएर हामीलाई घेरा हाल्यो । सेना आएपछि सेना लड्ना चाहन्छ भने लड्ने तर हाम्रो थप लड्ने नीति नभएकाले सेनासँग वार्ता गर्ने विचार ग¥यौंं ।चिठी लेख्यौ र जनतालाई पठार्यौं । तपाँईहरु फर्किनुस् हाम्रो लड्ने कुनै निति छैन । तपाँईहरु फर्किनुहोस् भनेर चिठि लेख्यौं । सेनाले पनि आफूहरु लड्न नआयको तर पुलिस् दिनुस र बसेर वार्ता गरौं भनेर जवाफ पठायो । हामीले पुलिस् नदिने तर वार्ता गर्ने विचार ग¥यौं । हाम्रो दृई जना कमाण्डर र उनीहरुको दुई जना सेना वीच आधा घण्टा वार्तां भयो । हामीलाई सेनाले षडयन्त्र गरेको रहेछ । हामी फर्किन लाग्दा उनीहरुले पोजिसन लिएछन् । हामी ४–५ सय फोर्स थियौं । उनीहरु ४०–५० जना थिए । तीन वटा हेलिकप्टरवाट फोर्स झार्ने कोसिस्् ग¥यो । त्यहिबेला हामीले हेलि ड्रप नगर भन्यौं, उनीहरुले फायर गरे । हामीले हेलिलाई पनि हान्यौं ।एक छिन झडप भयो , मानविय क्षति त केहि भएन तर उनीहरुको ३ वटा हेलकिप्टर क्षतिग्रस्त भयो । दुश्मनले हेलि ड्रप गर्न सकेन । त्यसपछि उनीहरुले हामीलाई बाटो छोड्न भने, हामीले छोड्यौं, उनीहरु गए । वास्तविकता यहि हो । हामी आमने सामने थियौं तर रेडियो भन्दै थियो –माओवादी हजार जना मरे, घेरा साँगुरिदै छ, सबै माओवादी नेता नियन्त्रणमा लिइदैछ । होलेरी काण्ड दरबार र संसदको वास्तविक संघर्षको अभब्यिक्ति थियो ।

सुखद् अनुभुति
फागुन १ मा भएको होलेरी आक्रमण पहिलो सुखद अनुभव हो , त्यसपछि घोराहिमा सेनासँग भएको पहिलो भिडन्त सफल हुदाँको क्षण सुखद् अनुभव हो । त्यसपछि एकै दिन भएको थानकोट र दधिकोट भिडन्त पनि सुखद अनुभूतिको अर्को श्रृखला होे ।

दुःखद क्षण
हामी निश्चित मिसनबाट लडेको हुनाले दुःखलाई सुखमा बदल्छौं । मानवीय रुपले र भौतिक रुपले अत्यन्तै कठिनाइ हो क्रान्तिकारी युद्ध हो । दोस्रो कुरा यकातिर हामी लडाई लडिरहेका हुन्छौ , त्यो सुखद हुन्छ भने अर्को तर्फ हाम्रा ठूला कमिसार, योद्धाहरु ढल्छन् ,त्यसले अत्यन्तै ठूलो पिडा दिन्छ । कहिलेकाहिं त्यसले त बिचलित पार्ने गर्छ । मिसन लक्ष्य राजनिति लक्ष्य र जनतामाथिको उत्पिडनलाई बिर्सिएर मानविय सवेंदनबाट हेर्दा मान्छे मोर्चामै रहिरहन सक्दैन । अर्कों तर्फ लडाईमा गरिवको छोरा मरिरहेका हुन्छन् ।

सरकारको जिम्मेवार
अनन्त २०६४ को संविधानसभा निर्वाचनमा ललितपुर १ बाट विजयी बने । त्यसक्रममा उनले शािन्त प्रकिया सम्बन्धी धेरै महत्वपूणर् काम सम्पन्न गरे । २०६७ माघ २३ मा झलनाथ खनाल प्रधानमन्त्री बन्दा उनी नेतृत्वको सरकारमा अनन्तलाई गृहमन्त्रीको रुपमा प्रस्ताव गर्यो ।

‘गृह मन्त्रालय आएपछि त्यसको जिम्मेवार लिने गरी उनलाई शान्त तथा पुनःनिर्माण मन्त्री बनाईयो । गृहमन्त्रालय आयो, तर उनलाई गहृमन्त्री बनाइएन । उनले दुई महिनापछि शान्त मन्त्रालय पनि छोडिदिए ।

२०६८ भदौ ५ गते डा बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा अनन्त अथर्मन्त्री बने । उनी अथर्मन्त्री बन्नु धेरैका लागि आश्चयर्को विषय बनेको थियो ।

सबैको आलोचना र आशंकलाई मत्थर पादी उनले अथर्मन्त्रालय सफलतापूवर्क हाँके, १८ महिना २०७० को संविधानसभा निर्वाचन अनन्त पुनः पूवर् फर्काए, निर्वाचन लड्ने गरे । तर, मोरङ ९ मा कांग्रेस उम्मेदवारसँग परािजत भए । संविधानसभा नरहे तापनि संविधानसभा निर्माणसम्बन्धी पार्टीका तफर्बाट थुप्रै महत्वपूर्ण काम सम्पन्न गरेका अनन्त २०७४ को निर्वाचनमा रोल्पाबाट ४२ हजार ८४ मतका साथ कांग्रेस उम्मेदवार अमरसिंह पुनभन्दा २१ हजार सात सय ४७ मत अन्तरले विजयी बने ।

अनन्त केपी ओली नेतृत्वको वतर्मान सरकारमा गृहमन्त्री बन्ने चचार् थियो । पार्टीका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ उपप्रधानसहित कुनै महत्वपूणर् मन्त्रालय लिने र अनन्त गृहमन्त्री हुने गरी माओवादीले तयारी गरे पनि प्रधानमन्त्रीले आफू नेतृत्वको सरकारमा उपप्रधानमन्त्री भएपछि बादल गृहमन्त्री बने । ओलीले २०७४ चैत २ गते तेस्रो पटक मन्त्री परिषद्को विस्तार गदार् महत्वपूणर् मानिएको उजार् मन्त्रालयका जिम्मेवारी अनन्तले पाएका छन् । अथर्मन्त्री हुँदा सफल मन्त्रीको छवि बनाएका अनन्तले उजार् मन्त्रालयको जिम्मेवारी पनि सफलतापूवर्क सम्पन्न गर्न धेरैले अपेक्ष लिएका छन् ।

अनन्तको स्वास्थ्यमा गम्भिर समस्या
नेता वषर्मान पुन वंशाणुगत जिण्डसबाट पीडित भएपछि नेपालका बिभिन्न अस्पतालहरुमा उपचार गराएर स्वास्थ्यमा सुधार नआएपछि उपचारका लागि चीन, थाइल्याण्ड लगायत अन्य ठाँउमा उपचार गराउँदै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्