ट्रिटनका प्रोग्रेसलाई स्वर्ण



ट्रिटनका प्रोग्रस खड्काले प्रथम विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगिताको पुरुष चिल्ड्रेन एन्ड क्याडेटको २७ केजीमुनि बुधबार स्वर्ण जितेका छन् । नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा उनले रिपुमर्दिनीका  विलिभ बोहरालाई पराजित गरे ।

सोही स्पर्धाको पुरुष २५ केजीमुनि एम्बासडरका कविर लायो मगर र २९ केजीमुनि श्री भीमसेनका करण यादव, १८ केजीमुनि हेभन्ली गार्डेन किड्सका सुयोश सारु मगर, २१ केजीमुनि श्री लीलावती नेसनल एकेडेमीका वीरेन्द्र हुमागाईं र २३ केजीमुनि श्री भीमसेनका अखिल बराइलीले पहिलो स्थान हात पारे ।

चिल्ड्रेन एन्ड क्याडेटको महिला ३७ केजीमुनि कालाखोलाकी जेनिशा पुन, २४ केजीमुनि प्रोक्सिमाकी कृतिका देउला, २६ केजीमुनि विजेश्वरी ज्ञान मन्दिरकी दीपिका गुरुङ, २९ केजीमुनि विश्व निकेतनकी अर्चना माझी, ३१ केजीमुनि विजेश्वरीकी सरस्वती साउद, १६ केजीमुनि विजेश्वरीकी इस्वोरा नाथ, १८ केजीमुनि पृथ्वीकी सेनिशा भट्ट, २० केजीमुनि विजेश्वरीकी बेविशाकुमारी सिंह र २२ केजीमुनि न्यु दीर्घायूकी अनिश्का जैसवालले स्वर्ण चुमे ।

प्रतिक्रिया दिनुहोस्