भ्याली पब्लिक र हिमरश्मि सेमिफाइनलमा



भ्याली पब्लिक र हिमरश्मि प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

टोखास्थित प्रयारनगरमा आयोजक किङडम हिमालयनमा भइरहेको प्रतियोगितामा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई २४–१७ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा आर्यन गुरुङले १५ अंक योगदान गरे । आदर्श तामाङको १६ अंक सहयोगमा हिमरश्मिले ह्वाइट माउन्टेनलाई ३२–२७ ले हरायो ।

जुनियर ब्वाइजमै स्काइलार्कले पिपुल्स एकेडेमीलाई ३६–३२ तथा सेबले आयोजक किङडम हिमालयनलाई २०–१९ ले पाखा लगाए । स्काइलार्कका रोमन घलेले १४ तथा सेबका विपन सुनारले १३ स्कोर गरे । सेमिफाइनल भ्याली पब्लिक र स्काइलार्क तथा सेब र हिमरश्मिबीच हुनेछ ।

सिनियर ब्वाइजमा न्यु जेनिथले किङडम हिमालयनलाई ६९–६४ ले पन्छ्याउदै सेमिफाइनलमा पुग्यो । न्यु जेनिथका सागर श्रेष्ठले ३२ अंक जोडे । सेमिफाइनलमा न्यु जेनिथको भेट विल्सन एकेडेमीसंग हुनेछ भने किङडम हिमालयनले प्राण्जलीको सामना गर्ने छ ।

सिनियर गल्र्सको सेमिफाइनलमा किङडम हिमालयनले फेरिल्यान्ड तथा ग्रिनल्यान्डले पिपुल्स विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्