मिलन धर्मस्थली आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मिलन धर्मस्थलीले आयोजक अर्किड ‘बी’ लाई टाइब्रेकरमा ४–३ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएको थियो । कौटिल्य पनि निर्मल ज्योतिलाई टाइब्रेकरमा ५–३ ले हराउदै क्वाटरफाइनलमा पुग्न सफल भयो । निर्धारित समयको खेल १–१ को बराबरी स्थितिमा टुंगिएको थियो ।
अन्य प्रतिस्पर्धामा गेटवे एकेडेमीले अर्किड ‘ए’ लाई ३–० गोलले पाखा लगायो । गेटवेका कृजल श्रेष्ठले २ तथा रोशन मगरले १ गोल गरे । एपेक्स लाइफले एम्सलाई २–१ गोलले पन्छायो । एपेक्सका गुगल बसौला र सुहम कार्कीले समान १–१ गोल गरे । एम्सका विराट भण्डारीले १ गोल फर्काए ।
अक्षरिकाले बाल वाटिकालाई ४–० गोलले निराश पा¥यो । अक्षरिकाका निसम थापाले २ तथा सुनिल कार्की र सक्षम गौतमले समान १–१ गोल गरे । श्रमशील विद्या पीठले ग्रामरको चुनौती १–० गोलले समाप्त पा¥यो । एलिश मगरले निर्णायक गोल गरे । वेस्ट ग्रुप भिजन विरुद्धको खेलमा त्रिज्योति ३–० गोलले विजयी भयो । त्रिज्योतिका रुमित तामाङ, पदमबहादुर मगर र गौरव तामाङले समान १–१ गोल गरे ।