टेबलटेनिस विकासका लागि सम्झौता



काठमाडौं । ललितपुर जिल्ला खेलकुद विकास समिति, ललितपुर जिल्ला टेबलटेनिस संघ र दक्षिण कोरियाको छियोङ याङ स्पोर्ट्स काउन्सिलबीच विशेष गरी ललितपुरमा टेबलटेनिसको विकासमा सहयोग पु¥याउन मंगलबार सम्झौता भएको छ ।

ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवाले, दक्षिण कोरियाको छियोङ याङ स्पोर्ट्स काउन्सिलका अध्यक्ष हान क्वाङ सुक र छियोङ याङ टेबलटेनिस संघका अध्यक्ष मिन क्युङ होले सम्झौता पत्रमा हस्ताक्षर गरे । सो अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उप मेयर मन्जली शाक्यलगायतको उपस्थिति रहेको थियो ।

ललितपुर जिल्लामा विशेष गरी टेबलटेनिस खेलको विकास, पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षक आदान–प्रदान गर्ने विषयमा सम्झौता भएको छ । कार्य योजना बनाएर अगाडि बढ्नेलगायतका विषयमा पनि सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्