काठमाडौं । आयोजक ज्ञानसंस्कार इन्टरनेसनल स्कुलले प्रथम अन्तरविद्यालय स्केटिङ रेस प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
विभिन्न १० स्पर्धा समावेश प्रतियोगितामा ज्ञान संस्कार ३ स्वर्ण, ४ रजत र ३ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । सामाखुशीस्थित आयोजककै हातामा भएको प्रतियोगितामा २ स्वर्ण र २ रजतसाथ राजश्री गुरुकुल दोश्रो भयो । तेश्रो स्थानको विल्सन एकेडेमीले २ स्वर्ण र ३ कांस्य पदक हात पा¥यो ।
प्रतियोगितामा २४ विद्यालयका १८० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजेतालाई नेपाल रोलबल एसोसियसनका प्रमुख वीरकृष्ण महर्जन, रोलबल एसोसियसनका उपप्रमुख रमेश गौतम, लायन्स क्लब अफ काठमाडौँका अध्यक्ष राजेन्द्र महर्जन, वरिष्ठ प्रशिक्षक सुनिल दागा पाटिललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले उद्घाटन गरेकी थिइन् ।