गठबन्धन चारै वर्ष टिकाउनुपर्छ : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो गठबन्धन चारै वर्ष टिकाउनुपर्ने निष्कर्ष सुनाएका छन् । केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान बसेको सचिवालय बैठकमा यो गठबन्धन चारै वर्ष टिक्ने विश्वास समेत दिलाए ।

‘जटिल परिस्थिति भएकाले पार्टीमा सल्लाह गर्न सकिएन । तर हामीले पाएको सफलता ठूलो हो’ अध्यक्ष ओलीको ब्रिफिङ थियो । एक पदाधिकारी अनुसार, नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन तोड्न राम्रै मेहनत गर्नु परेको ओलीले बताएका थिए ।

नेकपा माओवादी केन्द्रलाई कांग्रेससँगै राख्न अनेक शक्ति केन्द्र लागेको ब्रिफिङ ओलीको थियो । ‘हामीसँग माओवादीको गठबन्धन नहोस् भनेर विभिन्न शक्ति केन्द्र लागेका थियो, अहिले सक्रिय छन्’, ओलीले भनेका छन् ।

तर ती शक्ति केन्द्रहरु आफै परास्त गर्नेगरी नयाँ गठबन्धन बनेको अध्यक्ष ओलीले बताए । ‘अब जो जतिसुकै लागे पनि हामी चार वर्ष यो गठबन्धनलाई टिकाउँछौ, त्यसमा अरु दलहरु पनि प्रतिबद्ध छ’, ओलीले भनेका थिए ।

अर्का एक पदाधिकारी अनुसार, सरकारको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको अनुकुल टीम बनाउन सहयोग गरेको ओलीले बताएका छन् । महत्वपूर्ण मन्त्रालय गठबन्धनका अरु दलहरुलाई नै दिएर एमाले सरकारमा सहभागी भएकोमा पार्टी पंक्तिमा टिप्पणी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्