नेकपा एमाले बूढानीलकण्ठ–६ वडा नम्बर कमिटीद्धारा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर वडा नम्बर ६ ले बसन्त खड्का स्मृति दिवसको अवसरमा ‘निःशुल्क दाँत मुख परीक्षण तथा उपचार सिविर’ सम्पन्न गरेको छ ।

नेकपा एमाले वडा नम्बर–६, वडा कमिटीका अध्यक्ष प्रशान्त डङ्गोलका अनुसार शिविर मार्फत ३१२ स्थानीय नागरिकले सेवा लिएका थिए ।

ह्याप्पिडेन्ट डेन्टल क्लिनिक, हत्तिगौडाको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा सेवा लिने नागरिक, शिविर सम्पन्न गर्न सहयोग गर्नुहुने जिल्ला, नगर , वडा कमिटी, टोल कमिटीलाई पार्टी कमिटीले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्