काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलपल गर्न शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारले सुनको तस्करी नियन्त्रणका विषयमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठन गरेको आयोगले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।