लोसपाले गर्‍यो राजेन्द्र महतोलाई पार्टीबाट निष्काशित



काठमाडौं । लोसपा नेता राजेन्द्र महतो निष्काशित भएका छन् । अध्यक्ष महन्थ ठाकुरले पार्टी बैठक सकिएसँगै आयोजित पत्रकार भेटमा महतो पार्टीभन्दा बाहिर गतिविधि गर्न थालेको भन्दै उनी स्वतः निष्काशित हुन पुगेको जानकारी गराएका हुन् ।

विगतमा सद्भावना पार्टीबाट राजनीति गरेका महतो, तमलोपा हुँदै राजपामा आइपुगेका ठाकुरसहित पार्टी एकता हुँदै जसपा बनेको थियो । त्यसमा पनि विभाजन आएसँगै ठाकुर, महतो लगायतहरु लोसपामा आइपुगेका थिए ।

अब महतोले नयाँ राजनीतिक अभियानमार्फत अघि बढ्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्