टेबलटेनिस टोली दक्षिण कोरिया जाने



प्रशिक्षण र प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेबलटेनिस टोली बुधबार दक्षिण कोरिया जाने भएको छ ।

अप्रिल १ तारिखदेखि सुरु हुने एक महिने प्रशिक्षणमा आशिष महता, विशाल थापा मगर र निश्चलराज वज्राचार्य सहभागी हुने छन् । प्रशिक्षण चेओङ याङ प्रान्तको जिओङ सान मिडिल स्कुलमा हुनेछ ।

प्रशिक्षणपछि खेलाडीहरु सिओ जोङ सिटी ओपन टेबलटेनिस प्रतियोगितामा सहभागी हुने छन् । खेलाडीसंगै प्रशिक्षकका रुपमा सुनिल महर्जन पनि दक्षिण कोरिया जाँदै छन् । टोलीलाई ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्