काठमाडौँ । आयरल्यान्ड ए ले नेपाल ए लाई लगातार तेस्रो खेलमा पराजित गरेको छ ।
एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्यान्ड एले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९.४ ओभरमा अल आउट हुँदै २१५ रन मात्र बनाए पछि खेल ६९ रनले हारेको हो ।
नेपालका लागि अर्जुन कुमालले सर्वाधिक १०२ रन बनाए भने अर्जुन साउदले ३६ रन बनाए । त्यस्तै नरेन भट्ट र रुपेश सिंहले १५–१५ रन बनाएका थिए ।
त्यसैगरी आयरल्यान्ड एका बलर बेन ह्वाइटले ५ विकेट लिए भने गाभिन होयले ४ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड एले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो ।
आयरल्यान्ड एका लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै पिटर मूरले ४४ रन बनाए भने मोर्गन टोपिंगले २१, फिओनन हान्डले २०, बेन ह्वाइटले १९ र माथ्यु हम्परेजले २३ रन बनाएका थिए ।