एपीएफको लगातार दोश्रो जित



काठमाडौं । एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार लगातार दोश्रो जित हात पारेको छ ।

केएनपी नेरोलेकको मुख्य प्रायोजनमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा एपीएफले नेपाल आर्मीलाई २५–२३, २५–२३, १३–२५, १४–२५ र १५–९ ले पराजित ग¥यो । एपीएफकी निरुता ठगुन्ना ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । दुई खेलमा आर्मीको भने लगातार हार हो । पहिलो दिन बुधबार आर्मी न्यु डायमन्डसंग ३–१ ले पछि परेको थियो ।

नेपाल प्रहरी क्लबले पहिलो जित दर्ता ग¥यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रहरीले साविक विजेता न्यु डायमन्डलाई १८–२५, २५–२२, २५–२२ र २५–१८ को सेटमा हरायो । पहिलो खेलमा प्रहरी एपीएफसंग ३–१ ले चुकेको थियो । दुई खेलमा न्यु डायमन्डको पहिलो हार हो । प्रहरीकी कोपिला राना ‘प्लेयर अफ दि म्याच’ बनिन् ।

प्रतियोगिताअन्तर्गत शुक्रबार २ खेल हुनेछ । पहिलो खेलमा प्रहरीले आर्मीको सामना गर्ने छ भने दोश्रोमा न्यु डायमन्डले एपीएफ विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्