इलाम । इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको मतान्तर घटाएका छन् ।
फाकफोकथुम गाउँपालिका १, २ र ३ वडाको मतगणना गर्दा नेम्वाङले कांग्रेसका उम्मेदवार खड्कासँगको मतान्तर ४२ मा झारेका छन् ।
४ हजार १ सय ८१ मत गणना हुँदा कांग्रेसका खड्काले १ हजार ६४३ र एमालेका नेम्वाङले १ हजार ६०१ मत पाएका छन् । वडा नं १ र २ को मतगणनामा कांग्रेस उम्मेदवार खड्का ८० भन्दा बढी मतान्तरले अगाडि थिए ।
गत स्थानीय निर्वाचनमा फाकफोकथुमको १ र २ वडामा कांग्रेसले जितेको थियो भने वडा नं ३ को वडाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका थिए ।