राष्ट्रिय तेक्वान्दोको नेतृत्वमा फुयाल



राष्ट्रिय तेक्वान्दो संघ– नेपालको चौथो राष्ट्रिय सम्मेलन तथा निर्वाचनले महेश्वर फुयालको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्ष एकनाथ थापा, उपाध्यक्षमा धुर्वबहादुर गुरुङ, शनिस लागेजु र ज्ञानेन्द्र विश्वकर्मा, महासचिवमा राकेशकुमार राई, उप महासचिवमा ईश्वर सापकोटा, सचिवमा अमृत तामाङ, सुवास तामाङ, देवराज पराजुली, ममता अधिकारी, सञ्जयलाल श्रेष्ठ र वुद्धिबहादुर थापा मगर तथा कोषाध्यक्ष पदम राना रहेका छन् ।

घनश्याम गौतम, राधाबहादुर तामाङ, रोशन बोहरा, खड्काबहादुर थापा, गौतममान महर्जन, शेरबहादुर थापा मगर, नारायणसिंह थिङ, विजय पौडेल, गिताकुमारी सुवेदी, जयमान पाख्रिन, रामबहादुर सुनार, पदमबहादुर केसी, सुरज ढकाल र प्रेमबहादुर आले सदस्यमा चयन भए ।

प्रतिक्रिया दिनुहोस्