एटीएफ यु–१२ टिम टिमच्याम्पियनसिप सुरु



नेपाल टेनिस संघको आयोजनामा एटीएफ यु–१२ टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ ।

पहिलो दिन नेपालको ब्वाइज/गल्र्स दुवै टोली पराजित भएका छन् । ब्वाइजमा श्रीलंकाले नेपाललाई ३–० ले पराजित ग¥यो । ब्वाइजमै बंगलादेशले माल्दिभ्स तथा पाकिस्तानले भुटानलाई समान ३–० ले हराए । गल्र्समा बंगलादेशले नेपाललाई २–० तथा श्रीलंकाले माल्दिभ्सलाई ३–० ले पाखा लगाए ।

प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले आईटीएफ सुपरभाइजर प्रवीणकुमार नायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरिन् । ब्वाइजमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मालदिभ्स, पाकिस्तान र भुटान गरी ७ राष्ट्र सहभागी छन् । गल्र्समा पाकिस्तान र भुटान बाहेक ५ राष्ट्रको सहभागिता छ ।

नेपालबाट ब्वाइजमा निश्चल ज्ञवाली, विश्वविशेष डल्लाकोटी र साहनवाज आलमले प्रतिस्पर्धा गरिरहेका छन् । गल्र्समा अनुश्री धोजु, सारा पन्त र आयुशा जिसी सहभागी छन् । नेपालमा यो प्रतियोगिता चौथो पटक आयोजना गरिएको नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

ब्वाइज/गल्र्स दुवैमा फाइनल पुग्ने २ राष्ट्र काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यु–१२ टिम प्रतियोगिताका लागि छनोट हुने छन् । प्रतियोगिता शुक्रबारसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्