डी.पीको शब्दमा रहेको ‘हावै सिरिरी’ सार्वजनिक (भिडियो)



काठमाडौं । गायक बिशाल राईको डेब्यु गीत’हावै सिरिरी’सार्वजनिक भएको छ । पूर्वेली लोक शैलीको आधारित यस गीतमा शब्द डी.पी खनालको रहेको छ । यस गीतमा संगीत संयोजन गायक, संगीतकार तथा संगीत संयोजक मनोज थापा मगरको रहेको छ।

रहरलाई उमेरले छेक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुन् गायक बिशाल राई । उमेरले ५३ वर्ष पार गरेका गायक राईको जोश कुनै युवाको भन्दा कम छैन । स्टुडियो भर्सनमा सार्वजनिक भिडियोमा स्वयम् गायक राई फिचर्ड छन् । भिडियो ‘मनोज थापा मगर’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गायक राईले आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्