एडुक्रोप र टिम दिब्यले एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । एडुक्रोप ब्वाइज तथा दिब्य गल्र्समा च्याम्पियन बने ।
सिनामंगलस्थित एस इन्टरनेसनल विजनेस स्कुलद्वारा आयोजित प्रतियोगितामा ब्वाइजको रोमाञ्चक फाइनलमा एडुक्रोपले ग्रिनफिल्डलाई २२–२० ले पराजित ग¥यो । खेल अत्तिरिक्त समयमा लम्किएको थियो । निर्धारित समयको खेल २०–२० को बराबरीमा सकिएको थियो । अत्तिरिक्त समयमा पहिले २ स्कोर गर्ने टिम विजयी हुने नियम छ । अत्तिरिक्त समयमा एडुक्रोपका सन्देश खड्का र काल्साङ शेर्पाले समान १–१ स्कोर गर्दै एडुक्रोपका उपाधि सुनिश्चित गरे । सर्वाधिक स्कोर भने एडुक्रोपकै उर्गेन लामाको नाममा रह्यो । उनले १४ अंक जोडे ।
गल्र्सको उपाधि भिडन्तमा टिम दिब्यले बलर्स एकेडेमीलाई ८–५ ले हरायो । विजयी टिमका लागि विनामनी योञ्जनले ४ स्कोर गरिन् । ब्वाइज/गल्र्स दुवैमा पहिलो हुनेले १५ हजार र दोश्रोले १० हजार नगद पुरस्कार हात पारे ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय उर्गेन र विनामनी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले बुद्ध एयरको माउन्टेन फ्लाइट र झमेल बिट्सको ३ हजार बराबरको कुपन प्राप्त गरे ।
विजेतालाई एसका कार्यकारी निर्देशक डा. आशिष तिवारी र प्रोग्राम म्यानेजर कौशलराज पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १६ टिमको सहभागिता रहेको एसका प्रशासकीय अधिकृत आशिष न्यौपानेले जनाएका छन् ।