च्याम्पियन किकर्स टोलीलाई सदस्य–सचिवको बधाइ



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा सम्पन्न युथ लिग भीआर बैंक कपमा यू–१४ तर्फको उपाधि विजेता नेपालको काठमाडौं किकर्स फुटबल एकेडेमी टोलीलाई बधाइ दिएका छन् । बालुवाखानीस्थित स्पोर्ट्स सेन्टरमा भएको फुटसल प्रतियोगिताको उद्घाटनका अवसरमा विजेता टोलीलाई सदस्य–सचिव टंकलाल घिसिङले बधाइ दिएका हुन् ।

सो अवसरमा सदस्य–सचिव घिसिङले उमेरसमूहका खेलाडीबाटनै राष्ट्रले भविष्यका स्टार खेलाडी पाउने भएको हुँदा खेलाडीलाई खेलमा टिकाइ राख्न अनुकुल वातावरण बनाउनु पर्नेमा जोड दिए ।

अपारजित किकर्स टोलीले फाइनलमा एसभी सिलेन्बाकलाई २–० गोल अन्तरले पराजित ग¥यो । टोलीको महत्वपूर्ण जितमा आर्यबीर सिंह एक्लैले दुई गोल गरे । आर्यबीर आफ्नो समूहमा सर्वाधिक गोलकर्ता समेत बनेका   थिए । उनले प्रतियोगिता अवधिभर आठ गोल गरे ।

प्रतिक्रिया दिनुहोस्