मेयर बालेन्द्र साहले संयमता गुमाए : योगेश भट्टराई



काठमाडौं । प्रमुख सत्तारुढ नेकपा एमालेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले विस्तारै संयमता गुमाउँदै गएको जनाएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै एमाले सचिवसमेत रहेका सांसद योगेशकुमार भट्टराईले मेयर बालेन साले संयमता गुमाउँदै गएको बताए ।

‘काठमाडौं महानगरपालिकाका मेयरले संयमता गुमाउँदै हुनुहुन्छ,’ भट्टराईले भने, ‘अघि बढौँ तर, उत्तेजना र उच्छृङ्खलतामार्फत होइन ।’

भट्टराईले आमयुवाहरूले मेयर साहमार्फत आफ्नो भविष्य खोजेको पनि उनले धोका दिएको बताए ।

‘गालीगलौज गर्नु, उत्तेजनामा आउनु आवश्यक छैन । आकाशतिर फर्केर थुक्दा त्यो कहाँ झर्छ, थाहा हुनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्