काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा बजेटमाथि धारणा राख्दा अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल हुँदै थियो । कांग्रेसको अर्जुन नरसिंह केसी, एमालेका गोकर्ण विष्ट, माओवादीका रामकुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले धारणा राखे । त्यसपछि बोल्न रोष्ट्रममा गएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने संसदमा अर्थमन्त्री वर्षमान पुनलाई नदेखेको भन्दै खोजी गरे ।
उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रियसभा बैठकमा गएको जानकारी गराइन् । सँगै सरकारका प्रतिनिधिका रुपमा खानेपानी मन्त्री राजेन्द्रकुमार राई रहेको पनि बताइन् ।