विराटनगर । कोशी प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ भएको छ ।
कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३८ (१) बमोजिम आगामी आर्थिक वर्ष २०८१-८२ का लागि प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नीति तथा कार्यक्रमले समग्रमा प्रदेशलाई सुखी र समुन्नत बनाउन मद्दत गर्ने छलफलमा सहभागी प्रदेशसभा सदस्यहरूले बताएका छन् ।
कोशी प्रदेशको समृद्धिका लागि आवश्यक आधार तयार गरी ल्याएको नीति तथा कार्यक्रमले सिँचाइ, कृषि, पर्यटन, धार्मिकस्थल, पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण काम गर्ने उनीहरूको भनाइ थियो ।