धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले १८ महिनाको अवधिमा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् ।
पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेकपा एमाले, नेकपा माओवादी केन्द्र समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले विश्वाको मत लिन लागेका हुन् ।