जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनमतका सतिश कुमार सिंले दाबी पेश गरेका छन् ।
एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल संघीय समाजवादीको समर्थनमा प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष सिंहले दाबी पेस गरेका हुन् ।
सतिशलाई मधेसमा जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीको १ गरी ५५ सांसदको समर्थन छ ।
जनता समाजवादी पार्टी (जसपा)नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।