काठमाडौ । १९ औँ राष्ट्रव्यापी अन्नपूर्ण मैत्री विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिताको प्रथम र द्वितीय चरणका खेलहरु सम्पन्न भएका छन् ।
जसमा ११ बर्ष मुनिको छात्र उमेरसमुहमा आयोजक अन्नपूर्ण मा.वि.का अबिरल, विप्लव, लाबोरेटरीका आयुष, पभेलियनका स्वीकार, हाम्रो सनसाइनका दिपसन लगायतले समान २ अंकका साथ अग्रस्थानमा छन् ।
त्यस्तै ११ बर्ष मुनिको छात्रा उमेर समुहमा आयोजक अन्नपूर्ण मा.वि.का ओजस्वी, न्यु समितका निहाना, पुस्पसदन का भावना, त्रियोग का आराधया तथा नितिन स्कुलका नन्द माया लगायतले २ अंकका साथ अग्रस्थानमा रहेकी छिन् ।
त्यसैगरी ९ वर्ष मुनिको छात्र उमेरसमुहमा दिप ज्योती का मन्दिप, हिमालयन चेस का एलविक, पभेलियन का रुद्राक्ष, त्रियोग का सक्षम, लाबोरेटरी का अन्कुर लगायतले समान २ अंक प्राप्त गरेका छन् । त्यसै गरी ९ वर्ष मुनिको छात्रा उमेरसमुहमा आयोजक अन्नपूर्णका जैनव, कश्यप ऐकेडेमीका इसानी लगायत समान २ अंकका साथ अग्रस्थानमा रहेकी छिन् ।
अन्नपूर्ण मा.वि., ज्याठा, कान्तिपथद्धारा आयोजित प्रतियोगितामा ९ बर्ष, ११ बर्ष, १३ बर्ष मुनि तथा १३ वर्ष माथि छात्र छात्रा गरी ८ उमेर समुहमा विभिन्न ५० वटा विद्यालयबाट ३४२ जना छात्रछात्राहरु सहभागी छन् । प्रतियोगितामा भोलि शनिबार ११ वर्षमुनिका खेलहरु समापन भई पुरस्कार वितरण हुनेछ भने अन्य समूहको खेलहरु आइतबार र सोमबार हुनेछ ।
आज बिहान अन्नपूर्ण .मा. वि को हलमा सुरु भएको प्रतियोगीताको उदघाटन नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष तारा बहादुर रानाभाट तथा बुद्धिचालका राष्ट्रिय महिला च्याम्पियन सिन्दिरा जोशीले संयुक्त रुपमा चेसको गोटी चालेर उदघाटन गरेका थिए ।