काठमाडौं जिल्लामा एमालेको पुरानो विरासत फर्काउने निर्मल देउलाको उद्घोष



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको सातौ काठमाडौं जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेद्वार बनेका नेता निर्मल देउलाले काठमाडौंका दशै निर्वाचन क्षेत्रमा एमालेलाई जिताएर पुरानो विरासत फर्काउने उद्घोष गरेका छन् ।

को हुन् निर्मल देउला ?

नेकपा एमाले काठमाडौं अध्यक्षको उम्मेद्वार बनेका निर्मल देउला कामपा ८ तिलगंगामा २०२५ भदौ २३ गते बुवा पदम बहादुर देउला र आमा हिरादेवी देउलाका जेठा सन्तानको रुपमा जन्मिएका हुन् ।

सानैदेखि सामाजिक अवहेलना र जातिय विभेदका कारण कम्युनिष्ट पार्टीप्रति झुकाव राखेका उनले बि।सं। २०४४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) को सम्पर्कमा रही तत्कालिन जनपक्षीय उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

२०४९ मा नेकपा एमालेको टोल सक्रिय दलको संयोजक रहेका उनी सोही बर्ष एमाले बाटै कामपा ८ को वडा सदस्यमा निर्वाचित बने । युवा संघ नेपालको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका देउला सफाई मजदुर युनियन, मुक्ति समाजको काठमाडौं जिल्लाको अध्यक्षदेखि केन्द्रीय सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष समेत बन्न पुगे ।

२०५२ बाट नेकपा एमालेको वडा सदस्य बनेका देउलाले ९ बर्षसम्म वडा सदस्यकै रुपमा काम गरे । २०६१ देखि नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य बन्दै जिल्ला कमिटी सचिवालय सदस्य, महानगर कमिटी सचिव हुँदै क्षेत्र नं। ४ को निर्वाचन परिचालन संयोजकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

देशकै राजधानी रहेको शहर काठमाडौं राजनीति र आर्थिक केन्द्रको रुपमा रहेको छ । २०७९ को संघीय निर्वाचनमा दश मध्ये १ क्षेत्र जितेर रक्षात्मक बनेको एमालेलाई २०८४ को निर्वाचनमा शतप्रतिशत जित निकाल्ने तयारी गरेका छन् ।

लोकतान्त्रिक पार्टीमा विभिन्न विचारहरु सक्रिय रहने भएपनि बैचारिक बहसलाई महाधिवेशनबाट टुङ्गो लगाउने धारणा राख्ने देउला पद्धतिसंगत ढङ्गबाट जिम्मेवारी दिने सही ब्यक्तिलाई सही जिम्मेवारी दिने धारणा राख्छन् ।

नेकपा एमालेको जिल्ला पार्टी कार्यालय सचिवको अनुभव सम्हालेका देउलालाई महानगरभरीका पार्टी नेताहरुको योग्यता र कार्यदक्षता बारे राम्रो जानकारी छ । उनी भन्छन्, ‘साथीहरुलाई जिम्मेवारी दिदा योग्यता, क्षमता र सिनियारिटीलाई आधार मानिन्छ ।’

आगामी चुनावी परिणाम के हुन्छ ? भन्ने प्रश्नमा देउला भन्छन्, ‘आगामी चुनावमा जिल्लाभित्र दशमध्ये कम्तिमा ९ ओटा क्षेत्र जिताएर पार्टीको पुरानो विरासत फर्काउनेछु ।’

प्रतिक्रिया दिनुहोस्