मुरारी भण्डारीद्धारा रत्नगङ्गा माबीका विपन्न वर्गका विद्यार्थीहरुलाई पाठयपुस्तक वितरण



काठमाडौं । काठमाण्डौ बुढानिलकण्ठ १२ कपन निवासी मुरारी प्रसाद भण्डारीले गेरुडाडा फिक्क्ल—६ सिन्धुलिको रत्नगङ्गा माबीका आर्थिकस्तर कमजोर भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई पाठ्यपुस्त वितरण गरेका छन् ।

रत्नगङ्गा माबी विद्यालयमा अध्यनरत कक्षा ८,९ र १० मा अध्यनरत छात्र/छात्राहरुको लागि रु ४१००० बराबरको पाठयपुस्तक र कक्षा गत रुपमा निकालिएको नेपाली व्याकरण वितरण गरेका हुन् ।

पाठ्यपुस्तक उपलब्ध गराउने दातालाई विद्यालयको तर्फबाट ब्यबस्थापन समितिको अध्यक्ष रोशन भण्डारीले यस्ता सहयोग निरन्तर प्राप्त भइरहोस् र विद्यालयको सर्बोपरी बिकासमा हातेमालो गर्दै थप सहयोगको अपेक्षा सहित हार्दिक धन्यवाद ब्यक्त गर्दै दाताको उच्च सम्मान ब्यक्त गरे ।

सहयोगि मुरारि भण्डारीले फिक्कल गाउँपालिका तथा अन्य जिल्ला बाहिर समेत नियमित सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्