भारोत्तोलनको प्रशिक्षकका लागि ओलम्पिक सोलिडारिटी कोर्स मंगलबारदेखि सुरु भएको छ । सातदोबाटो स्थित नेपाल ओलम्पिक भवनमा सुरु भएको कार्यक्रम पहिलो चरणको कोर्स हो । यस कार्यक्रममा सहभागी हुनेले भारोत्तोलनको प्रशिक्षण सम्बन्धी जानकारी पाउने छन् ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहका बीच कार्यक्रमको उद्घाटन गरे । त्यस अवसरमा कमिटीका प्रमुख पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद डोपिङबारे सचेत हुन पर्नेमा जोड दिंदै शक्तिबर्ढक प्रतिबन्धित औषधीको प्रयोगलले खेलाडीको जीवनमा प्रतिकुल प्रभाव पार्ने बताए ।
यस्तै उनले आफ्नै देशमा हुने यस्तो कार्यक्रममा सहभागी हुनेले बढी भन्दा बढी सिक्ने अवसरको सदुपयोग गर्नु पर्नेमा जोड दिए । कार्यक्रम पाँच दिनसम्म चल्ने छ । कार्यक्रममा कोर्स निदेशकको भूमिकामा ३० वर्षीय सर्बियाली एरभिन रोज्सयाानिक रहेका छन् ।