गोरखनाथ माविको सहकार्य तथा सोफेस नेपालको आयोजनामा १० औं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ४४ विद्यालयका १ सय ७७ ब्वाइज र ७६ गल्र्स गरी जम्मा २ सय ५३ खेलाडीको सहभागिता रहने सोफेसका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनले जनाएका छन् ।
ब्वाइज/गल्र्समा जम्मा ८ स्पर्धामा खेल हुने प्रतियोगिता संयोजक प्रशान्त महर्जनले जानकारी गराए । ब्वाइज/गल्र्स टिम इभेन्ट तथा यु–१२, यु–१४ र यु–१६ उमेरसमूहमा सिंगल्स स्पर्धा समावेश गरिएको छ । यु–१६ सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ७ हजार ५ सय र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । बाँकीमा नगद पुरस्कार राखिएको छैन । दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।