पारा तथा विशेष खेलकुद सुरु



राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा पारा खेल संघहरुको व्यवस्थापनमा पारा तथा विशेष खेलकुद प्रतियोगिता सुरु भएको छ । फरक क्षमता भएका खेलाडीहरुको खेल प्रतिभाको खोजी गर्ने उद्देश्यकले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको उद्घाटन गर्नु हुदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेल प्रतिभाको खोजी अन्तर्गत पारा तथा विशेष खेलकुद प्रतियोगिता आयोजना गरेको जानकारी दिनु भयो । नेपाल सरकारले पारा खेलकुदलाई उच्च महत्व दिएको भन्दै सदस्य–सचिव घिसिङले आगामी मंसिर १८ गते देखि २१ गतेसम्म सुर्खेतमा प्रथम राष्ट्रिय पारा खेलकुद आयोजना गर्ने जानकारी दिनु भयो ।

कर्णाली प्रदेशमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुद लगत्तै पारा खेलकुद गर्न सरकारले बजेट समेत विनियोजन गरेको सदस्य–सचिव घिसिङले जानकारी दिनु भयो ।

पारा खेलकुद भित्र केही विवाद रहेको भन्दै सदस्य सचिव घिसिङले अव छिटै परिषद्ले समाधानका लागि ठोस् पहल गर्ने जानकारी पनि दिनु भएको छ ।

विभिन्न १३ खेल विधामा प्रतिस्पर्धा हुने र सम्वन्धित संघहरुले १५ दिन भित्र प्रतियोगिताहरु सम्पन्न गर्ने प्रतियोगिता संयोजक एवं परिषद्की सदस्य पेमा डोल्मा लामाले जानकारी दिनु भयो ।

पारा एटलेटिक्स, स्पाईनल कर्ड इन्जरी, बोसिया, नेत्रहिन क्रिकेट, पारा साईक्लिङ, एम्पुिटी फुटबल, दृष्टिविहिन खेलकुद, पारा जुडो, दुष्टिविहिन टेबलटेनिस, शारिीरिक अपागता टेबुलटेनिस, पारा पौडी, पारा भारोत्तोलन, बहिरा खेलकुद प्रतियोगिता हुने छन् ।

प्रतिक्रिया दिनुहोस्