राष्ट्रिय हक्कीमा सेमीफाइनल समीकरण पूरा



पोखरामा जारी पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगतामा मंगलबार सेमीफाइनल समिकरण तयार भएको छ ।

समूह ‘ए’ बाट नेपाल आर्मी विजेता र कर्णाली प्रदेश उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरे । समूह ‘बी’ बाट नेपाल प्रहरी विजेता र गण्डकी प्रदेश उपविजेताका हैसियतले सेमिफाइनल यात्रा तय गरे । सेमिफाइनलमा आर्मीको भेट गण्डकीसंग हुनेछ भने प्रहरीले कर्णालीको सामना गर्ने छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा मंगलबार लिग चरणका ६ खेल सम्पन्न भए । आर्मीले मधेश प्रदेशलाई ६–० गोलले पराजित ग¥यो । दोहोरो जित हात पारेको प्रहरीले कोशी प्रदेशलाई ४–१ तथा लुम्बिनी प्रदेशलाई ८–१ गोलले हरायो ।

नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगितामा कर्णालीले पनि दोहोरो जित आत्मासात् ग¥यो । बागमती प्रदेशलाई २–० ले पन्छाएको कर्णालीले मधेशको चुनौती पनि २–० ले समाप्त पा¥यो । घरेलु टोली गण्डकीले लुम्बिनी प्रदेशमाथि १०–० को आराम्दायी जित दर्ता ग¥यो ।

प्रतियोगिताको अन्तिम दिन बुधबार सेमिफाइनल र फाइनल हुने आयोजक हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्