अविरल वर्षाले विराटनगरका आधिकांश स्थान डुबानमा (तस्बिरहरू)



विराटनगर । बर्खा लागेसँगै नेपालका अधिकांश भूभागमा बाढि पहिरो र डुबानका घटनाहरु घटेका छन् । त्यस्तै अविरल वर्षाका कारण विराटनगर पनि डुबानमा परेका छ ।

विराटनगरका आधिकांश स्थान डुबानमा परेका छन् । पानीको सतह बढेसँगै महानगरका १९ वडा मध्ये १२ वडा डुबानमा परेका हुन् । प्रभावित क्षेत्रका ५ सय बढी परिवारलाई उद्धार गरी सुरक्षित स्थानमान लगिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार डुबानमा परेका बस्तीका मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा लौजानेक्रम जारी रहेको बताए । उनले महानगर भित्र १२ सय बढी परिवार डुबानबाट प्रभावित भएको जानकारी दिए ।

विराटनगर महानगरले तयार पारेको पूर्वानुमान अनुसार बाढी र डुबानबाट महानगरका ९ हजार परिवारका ४२ हजार जनसंख्या प्रभावित हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्