जनकपुरधाम । मधेशप्रदेशका मुख्यमन्त्री सतिश सिंहले असार २१ गते विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री सिंहले यही २१ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
मुख्यमन्त्री सिंहले विश्वासको मत अझ अगाडि नै लिने तैयारी गरेपनि सत्तारुढ दल एकीकृत समाजवादीको महाधिवेशनको कारण ढिलाइ भएको बताए ।
उनले एकीकृत समाजवादीका सांसदहरूले २० भन्दा अगाडि विश्वासको मत नलिन आग्रह गरेपछि २१ गते विश्वासको मत लिने तयारी गरेको बताए ।