महिला राष्ट्रिय फुटबल टोलीलाई खेलप्रेमीको प्रोत्साहन



काठमाडौं । साउदी अरब बस्ने नेपाली खेलप्रेमीले वाफ फुटबल च्याम्पियनसिपको उपविजेता र लेबननमा हुने फोर नेसन्स कपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी, प्रशिक्षक र अफिसियललाई प्रोत्साहन स्वरुप शुक्रबार केल्मीको टिसर्ट प्रदान गरिएको छ ।

महिला फुटबल संघको पहलमा टोलीलाई प्रोत्साहन स्वरुप टिसर्ट प्रदान गरिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य समेत रहेकी महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामा, राखेपकी सदस्य एवं संघकी महासचिव विना श्रेष्ठ, उपाध्यक्ष लुना प्रधान, सदस्य एवं राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान चन्द्रा भण्डारी, फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङलगायतले टिसर्ट हस्तान्तरण गरे । फोर नेसन्स कप जुलाइ ८ देखि १६ तारिखसम्म हुँदैछ ।

यसअघि महिला फुटबल संघकै पहलमा वाफ फुटबल च्याम्पियनसिपको उपविजेता टोलीलाई साउदी अरबमा बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यमबहादुर गुरुङ (यम तमु) को प्रायोजनमा १० लाख नगदसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्