अध्यक्ष ओलीले मन्त्रीहरुलाई बालकोट बोलाए



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएका छन् ।

सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले साँझ ६ बजे मन्त्रीहरुलाई बोलाएका हुन् । ‘बालकोटमा आउनु भन्ने खबर आएको छ, अरु केही बताइएको छैन’ एक मन्त्रीले भने ।

अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । लगत्तै एमालेका मन्त्रीहरु बालकोट जाने छन् ।

प्रतिक्रिया दिनुहोस्