मिलन, पूर्ण, धन र चन्द्र सेमिफाइनलमा



एपीएफका मिलन राई, कोशी प्रदेशका पूर्ण राई, नेपाल प्रहरीका धनबहादुर तामाङ र बागमती प्रदेश चन्द्र सुनुवार १६ औं राष्ट्रिय उसु प्रतियोगिताको ४८ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल उसु महासंघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ५२ केजीमा कोशीका जनम तामाङ, बागमतीका निरज लामा, नेपाल आर्मीका जनक धामी र एपीएफका अशोक खालिङले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा चीनिया दूतावास, भिषा शाखाका निर्देशक छिन वन, चीनिया दूतावास, वैदेशिक शाखाका निर्देशक वाङ तोङ, राखेपका सदस्य एवं नेपाल उसु महासंघका अध्यक्ष जनक बर्तौलालगायतको उपस्थिति रहेको थियो । तीनदिने प्रतियोगितामा ५ प्रदेश र ३ विभागीय गरी ८ टोलीका १ सय खेलाडीको सहभागिता रहेको आयोजक महासंघका सचिव नवीन बस्नेतले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्