रमिशा र आरती फाइनलमा



आरडीएसकी रमिशा श्रेष्ठ र नेपाल आर्मीकी आरती बमजन चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला ४८ केजीमा रमिशाले नक्सालकी सुष्मा तामाङ तथा आरतीले जेन एक्सकी सुस्मिता श्रेष्ठलाई पराजित गरे ।

नेपाल बक्सिङ महासंघ र प्रकाश दाहाल प्रतिष्ठानद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला ५० केजीमा बक्समान्डुकी पुर्णिमा तामाङले कर्णाली प्रदेशकी टीका थापालाई हराउदै फाइनलमा स्थान सुरक्षित गरिन् ।

पुरुष ६७ केजीमा आर्मीका लालु आले मगरले कैलालीका श्रृजन विकलाई पाखा लगाउदै फाइनलमा पुगे । पुरुष ९२ केजीमा एपीएफका रविन नेपालले केवाइबीसीका रशिब जारीलाई पन्छ्याउदै फाइनल यात्रा तय गरे ।

प्रतिक्रिया दिनुहोस्