एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भूसाल सर्वसम्मत



काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्ष र महासचिव सर्वसम्मत चयन भएका छन् ।

जारी १० र्औ राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो ।

झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो ।

अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्